जीबी राई खोज्न प्रहरी मलेसिया पठायौँ, तर फेला परेनन् : गृहमन्त्री

२०८१ भाद्र २८, शुक्रबार

काठमाडौं : गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा फरार रहेका जीबी राई खोज्न नेपाल प्रहरीका दुई अधिकृत मलेसिया पुगे पनि प्रगति नभएको बताएका छन् ।

उनले सहकारी छानबिन समितिमा शुक्रबार उपस्थित भएर यस्तो बताएका हुन् । समितिले फरार रहेका व्यक्तिहरुको सूची उपलब्ध गराएर गृह मन्त्रालयलाई खोजीदिन आग्रह गरेको थियो । त्यही विषयमा शुक्रबार गृह मन्त्री लेखकलाई बोलाएर सोधेको थियो । लेखकले फरारको सूचीमा रहेका जीबी राईको खोजीमा कुनै प्रगति हुन नसकेको बताएका थिए । समिति स्रोतका अनुसार लेखकले दुई जना प्रहरी मलेसिया पठाएको भए पनि प्रगति हुन नसकेको बताएका थिए ।

“दुईजना प्रहरी हामीले जीबी राई खोज्नका लागि मलेसिया पठायौँ तर त्यहाँ पनि फेला परेनन् । कुनै प्रगति हुन सकेन,” लेखकको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार