गुडिरहेको गाडीमा पहिरो खस्यो

२०८१ भाद्र २९, शनिबार

कालीकोट : कर्णाली राजमार्गमा गुडिरहेको गाडीमा पहिरो खसेको छ।

बुधबारदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको केही समयमै गाडी गुड्दै गर्दा पहिरो खसेको हो। राजमार्गको कालीकोट सडकखण्डको हुल्म नजिक गुडिरहेको गाडीमा माथिबाट पहिरो खस्दा गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ। गाडी क्षतविक्षत भए पनि  मानवीय क्षति भने नभएको ट्राफिक प्रहरी कार्यालय कालीकोटका इन्चार्ज टोपबहादुर महताराले बताए।

उनले भने, ‘गाडीमा रहेका चालक र सहचालकले भागेर ज्यान जोगाएका छन्। यात्रुहरू झारेर अगाडि बढ्दा गाडीमा पहिरो खसेको थियो। कर्णाली राजमार्गको यात्रा जोखिम पूर्ण छ। यात्रुले निकै सास्ती खेप्नु परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार