रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

२०८१ भाद्र २९, शनिबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने रास्वापाले जनाएको छ ।

पार्टीका कार्यबहाक प्रवक्ता मनिष झाका अनुसार बैठकमा विभिन्न ९ वटा एजेन्डामा छलफलको तयारी गरिएको छ । समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधि, राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम, रिपोर्टका साथै प्रस्तावित कार्य तालिकाबारे छलफल बैठकमा हुनेछ ।

राष्ट्रिय भेलाको हालसम्मको तयारी सबै उपसमितिद्वारा प्रस्तुत प्रतिवेदनहरू, जिल्ला भेला र जिल्ला समिति गठनबारे पनि छलफल हुने कार्यबहाक प्रवक्ता झाले जानकारी दिए । यसबाहेक विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र आवश्यक छलफल गर्ने, प्रस्तावित नियमावली र कार्यविधिहरूबारे पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार