१४ वर्षीय किशोर नुहाउने क्रममा नदीमा बेपत्ता

२०८१ भाद्र २९, शनिबार

बर्दिया : कर्णाली नदीको भंगालो गेरुवा नदीमा नुहाउने क्रममा १४ वर्षीय किशोर डुबेर बेपत्ता भएका छन् । ट्युसन पढ्न जान्छु भनी घरबाट साथीहरुसँग गएका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डीएसपी तुल्सीराम अर्यालले साथीसँग ट्युसन पढ्न गएका गेरुवा गाउँपालिका–५ सुख्खडका १४ वर्षीय दिपक बजगाई गेरुवा नदीमा नुहाउने क्रममा बेपत्ता भएको जानकारी दिए ।

उनी बिहान ९ बजे साथीहरुसँग ट्युसन पढ्न हिँडेको उनले बताए। उनका साथी गौरव खत्रीले शनिबार दिउँसो जानकारी गराएपछि प्रहरी टोली र स्थानीय खोजी कार्यमा खटिएको प्रहरीले जनायो । नदीमा जलस्तर बढी छ । बजगाईको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार