१७ देशका लागि सिफारिस राजदूतहरूबारे आज निर्णय गरिँदै

२०८१ भाद्र ३०, आईतवार

काठमाडौँ : सरकारले १७ देशका लागि प्रस्ताव गरेको राजदूतहरूको अनुमोदनबारेको निर्णय आज गरिँदै छ।

संसदीय सुनुवाइ समितिले शुक्रवार प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ पूरा गरेपछि आज बस्न लागेको समितिको बैठकले प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्न लागेको हो।

सरकारले गत साउन १४ गते १८ देशका लागि राजदूतहरूको नाम सिफारिस गरेको थियो।  तीमध्ये एकजनाको नाम सरकारले फिर्ता लिएपछि १७ जनाको नाममा सुनुवाई भएको हो।

सरकारले भारतका लागि डा. शंकर शर्मा, चीनका लागि प्राडा कृष्णप्रसाद ओली, संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे, इजरायलका लागि धनप्रसाद पण्डित, श्रीलङ्का लागि रामकृष्ण भट्टराई, पाकिस्तानका लागि रीता धिताल, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, स्पेनका लागि सनिल नेपाल, जर्मनीका लागि डा. शैल रुपाखेती, रुसका लागि जंगबहादुर चौहान, कतारका लागि  रमेशचन्द्र पौडेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमिल्सिना र पोर्चुगलका लागि प्रकाशमणि पोखरेललाई राजूतमा सिफारिस गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार