बढ्यो सुनको मूल्य, फेरि बनायो नयाँ रेकर्ड

२०८१ भाद्र ३०, आईतवार

काठमाडौं : आइतबार सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ । आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख ५६ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १८ सय ६० रुपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले बढेर १९ सय रूपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार