पूर्वाधार विकासमा दक्षिण कोरियासँग सहकार्य गर्न तयार छौं : भौतिकमन्त्री

२०८१ भाद्र ३०, आईतवार

काठमाडौ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार विकासमा दक्षिण कोरीयासँग सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपालस्थित कोरियाली दूतावासले शनिबार काठमाडौमा आयोजना गरेको नेपाल कोरीया इन्फ्रा विज नाइटलाई सम्बोधन गर्दै उनले उत्पादनमूलक र ठूला परियोजनामा नेपाल र कोरियाबीच सहकार्य उपयोगी हुने बताए ।

कोरियाले पछिल्लो ५ दशकमा गरेको विकास र प्रगति उदाहरणीय रहेको भन्दै मन्त्री दाहालले यो सिक्न लायक रहेको बताए । कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत टी योङ पार्कले नेपालसँग पूर्वाधार निर्माण, जलविद्युत् लगायतका क्षेत्रमा सहकार्य हुँदै आएको बताए । उनले दुई देशबीचको सम्वन्ध प्रगाढ रहेको समेत बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाली उद्योगी किरण शाख, रविभक्त श्रेष्ठलगायतले दुई देशको बीचको सहकार्यबाट नेपालको समृद्धिमा सघाउ पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार