भेनेजुएलामा ३ अमेरिकीसहित ७ विदेशी पक्राउ, राष्ट्रपतिको हत्या योजना बनाएको आरोप

२०८१ भाद्र ३०, आईतवार

काठमाडौँ : भेनेजुएला प्रहरीले तीन अमेरिकी नागरिकलाई पक्राउ गरेको जनाएको छ। साथै तीन स्पेन र एक चेक गणतन्त्रका नागरिक पनि पक्राउ परेका छन्।

बीबीसीका अनुसार उनीहरू सबैलाई देशमा अस्थिरता फैलाएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। भेनेजुएलाका गृहमन्त्री डिओसडाडो काबेलोले सयौँ हतियार पनि बरामद गरिएको दाबी गरेका छन्।

उनले पक्राउ परेका विदेशी नागरिकले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र अन्य उच्च अधिकारीको हत्या गर्ने योजना बनाएको दाबी पनि गरेका छन्। अमेरिकाले भेनेजुएलाका १६ अधिकारीविरुद्ध प्रतिबन्ध लगाएको दुई दिनपछि यो गिरफ्तारी भएको हो। यी १६ अधिकारी राष्ट्रपति निकोलस मदुरोको निकट मानिन्छन्।

यसैबीच भेनेजुएला सरकारले पक्राउ परेका स्पेनी नागरिकहरू स्पेनको गुप्तचर केन्द्र सीएनआईसँग जोडिएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार