१६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन गर्न निर्वाचन आयोगको सुझाव

२०८१ भाद्र ३०, आईतवार

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्न सरकारलाई परामर्श दिएको छ ।

आइतबार प्रमुख आयुक्त दिनेश थपलियासहित निर्वाचन आयोगको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई भेटेर निर्वाचनको मितिबारे छलफल भएको थियो ।

हाल स्थानीय तहमा ३ प्रमुखसहित ३९ जनप्रतिनिधिको पद रिक्त छ ।

चुनावको मिति निर्वाचन आयोगको परामर्शमा सरकारले तोक्ने कानुनी व्यवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार