२२३ किलो गाँजासहित दुई जना पक्राउ

२०८१ भाद्र ३०, आईतवार

काठमाडौं : मकवानपुरमा २२३ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।

आइतबार बिहान ५ बजे हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट दुई जनालाई २२३ किलो गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौडाबाट पथलैया जाँदै गरेको बा २१ च ५२२६ नम्‍बरको गाडीबाट उक्त गाँजा फेला परेको हो। चालक धादिङ थाक्रे गाउँपालिका-४ बस्ने ३४ वर्षीय जीवन मगर र गाडीमा सवार ३० वर्षीय प्रदिप क्षेत्रीलाई पक्राउ गरेको हो।

मकवानपुर जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार