अगामी निर्वाचन झापाबाटै लड्छु : प्रचण्ड

२०८१ भाद्र ३०, आईतवार

झापा : पूर्व प्रधानमन्त्री एवं नेकपा मोओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ८४ सालमा झापाको कुनै क्षेत्रबाट निर्वाचन लड्न सक्ने संकेत गरेका छन् ।

आइतबार झापाको बिर्तामोडमा प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अधक्ष्य प्रचण्डले झापामा माओवादीप्रति आकर्षण बढिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा झापाबाट नै टक्कर दिने मनस्थिति सृजना भएको बताए । ‘जित सत्य र न्यायको हुन्छ कि, बेइमानहरुको हुन्छ भनेर हेर्नका लागि पनि झापाबाटै टक्कर दिने सोच बनाएको छु, प्रचण्डले भने, तेस्रो कार्यकालमा जनताको पक्षमा सके जति काम गर्न सकेको कारणले जनताले हामीलाई खोजिरहेका छन्, शिक्षित झापाली जनताले हामीमाथि न्याय गर्छन भन्ने अपेक्षा पार्टीको छ ।’

‘जनतामाझ हाम्रो क्रेज बढ्न थालेपछि एकथरी प्रतिक्रियावादीहरू हामीलाई फुटाउने प्रयास गरिरहेका छन् । यो कुरा नयाँ होइन, जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया लगायतका समयमा पनि पार्टी फुटाउने प्रयास भएका हुन, हामीले ती सबै प्रयासहरुलाई निरर्थक बनायौँ, प्रचण्डले भने–‘केहिदिन अघि सम्पन्न स्थायी कमिटीको बैठकले फुटवादी मानसिकतालाई सधैको लागि अन्त्य गरेको छ, हामी अहिले एकढिक्का मात्र होइन, बाटो बिराएर अन्यत्र गएका साथीहरू पनि चाँडै एकिकृत हुँदैछौ ।’

आगामी निर्वाचनबाट नेकपा माओवादी पार्टी मुलुककै ठुलो दलका रुपमा उदाउने उनले बताएका छन् ।  मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा सहभागी हुन पूर्व आएका प्रचण्डले ६४ सालमा माओवादीलाई मत दिएका मतदाताको जिल्ला तहका नेतालाई मनोविज्ञान बुझ्न निर्देशन दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

ताजा समाचार