धोबिखोलामा ट्याक्सी खस्यो

२०८१ भाद्र ३०, आईतवार

काठमाडौं : अनामनगरस्थित मदन भण्डारी कलेज अगाडि एउटा ट्याक्सी धोबिखोलामा खसेको छ ।

आइतबार चालक मात्र भएको ट्याक्सी नदीमा खसेको प्रहरी वृत्त, सिंहदरबारका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए । ट्याक्सीमा चालक मात्र थिए । उनलाई हनुमानस्थान नजिकबाट उद्दार गरिएको प्रहरीले जनाएको छ ।

ट्याक्सीको आधा भाग अझै डुबेको छ । निकाल्ने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार