काठमाडौं : सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
प्रतिनिधिसभा बैठकअघि सभामुखले उक्त बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । संसद् अधिवेशन अन्त्य, प्रधानमन्त्रीको सम्बोधनसहित आजको कार्यसूची लगायतका विषयमा छलफल गर्न सभामुखले मध्याह्न १२ः१५ मा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद अवरुद्ध पार्दै आएको बेला यो बैठक बोलाइएको हो । प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।