जिरोनाविरूद्ध बार्सिलोनाको सानदार जित, यामलको दुई गोल

२०८१ भाद्र ३१, सोमबार

काठमाडौं : जिरोनाविरूद्ध बार्सिलोनाले सानदार जित निकालेको छ।

स्पेनिस लालिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले जिरोनाविरूद्ध ४-१ गोलको सानदार जित निकालेको हो। जिरोनालाई उसकै घरमा हराउने क्रममा बार्सिलोनाका लामिन यामलले २ गोल गरे। यामलले ३० र ३७ मिनेटमा गोल गर्दा बार्सिलोनाले पहिलो हाफमा २-० गोलको अग्रता बनाएको थियो।

दोस्रो हाफको ४७ औं मिनेटमा ड्यानी ओल्मोले गोल गरे। ६४ औं मिनेटमा पेड्रीको गोलसँगै बार्सिलोनाले ४-० को अग्रता बनाएको थियो। ८० औं मिनेटमा जिरोनाका क्रिस्टियन स्टुआनीले गोल फर्काएका थिए। ८६ औं मिनेटमा बार्सिलोनाका फेरान टोरेस रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए।

त्यसपछि दुवै तर्फबाट गोल नहुँदा बार्सिलोना ४-१ गोलले विजयी भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार