सिटी एक्सप्रेसको दसैं–तिहार लक्षित योजना सार्वजनिक

२०८१ भाद्र ३१, सोमबार

काठमाडौँ : सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरूको महान चाड दसैं, तिहार र छठ पर्व लक्षित ६१ दिनसम्म चल्ने ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना घोषणा गरेको छ। उक्त कार्यक्रममा चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिती रहेको थियो।

सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही एक लाख रुपैयाँ, हरेक हप्ता ५ जनालाई जनही २५ हजार रुपैयाँ साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरूलाई जनही पाँच सय रुपैयाँको वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजना रहेको छ।

कम्पनीका अनुसार यस अफर असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म लागू हुनेछ। यो अवधिभरी सिटी एक्सप्रेसमार्फत् विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्। यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार