प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश सिफारिस

२०८१ भाद्र ३१, सोमबार

काठमाडौं : संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।

सोमबार बसेको परिषद्को बैठकले उनलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाश हुँदैछन् । श्रेष्ठपछि दोस्रो वरीयतामा रहेका राउत प्रधानन्यायाधीश नियुक्त भएमा १८ महिना न्यायपालिकाको नेतृत्व गर्नेछन् ।

संवैधानिक परिषद्ले सिफारिस गरेपछि उनको संसदीय सुनुवाइ हुनेछ । संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार