भोलि सार्बजनिक बिदा

२०८१ भाद्र ३१, सोमबार

काठमाडौं : काठमाडौं उपत्यकामा भोलि इन्द्र जात्रा पर्व मनाइँदैछ । यो पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा आठ दिनसम्म मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि यो जात्रा शुरू हुन्छ । जात्रा अवधिभर विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरिन्छ ।

इन्द्र जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक विदा दिएसँगै नेप्से बन्द रहनेछ । साथै उपत्यकाका, बैंक, वित्त, शिक्षण संस्था लगायत सरकारी कार्यालयहरू बन्द रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
2
+1
0
+1
0

ताजा समाचार