
काठमाडौँ : प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना औपचारिक भ्रमणका लागि रसिया प्रस्थान गरेकी छन् ।
रसियाको सेन्टपिर्टसवर्ग सहरमा असोज २ देखि आयोजना हुने कार्यक्रममा भाग लिन उपसभामुख राना फ्लाई दुबईको उडानबाट रसियाको भ्रमणमा गएकी हुन् । उपसभामुख राना रसिया र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गते(सेप्टेम्बर १८–२०)सम्म सञ्चालन हुने चौथो यूरेशियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ ।
उनले उक्त फोरमलाई सम्बोधन गर्ने बताइएको छ । भ्रमण सकेर उपसभामुख राना असोज ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।