मेटमणिलाई कारबाही गर्न झलनाथ खनालको माग

२०८१ आश्विन १, मंगलवार

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका उपमहासचिव मेटमणि चौधरीलाई कारबाही गर्न माग गरेका छन् ।

उनले सोमबार एक विज्ञप्ति जारी गर्दै  ‘कालापानी, लिम्पियाधुरा र लिपुलेख जस्ता भूभागहरु भारतकै हुन्’ भनेर टेलिभिजन अन्तरवार्ता दिने चौधरीलाई कारबाही गर्न माग गरेका हुन् । ‘आफ्नो मातृभूमिप्रति अलिकति पनि माया र सहानुभूति भएको कुनै सामान्य नागरिकबाट पनि यति तल्लो स्तरको राष्ट्रघाती र देशद्रोही अभिव्यक्तिको कल्पना पनि गर्न सकिन्न । अझ हामै पार्टीको “उपमहासचिव” र वहालवाला “सांसद” बाट यस्ता अभिव्यक्ति आउनु गम्भीर भन्दा गम्भीर अक्षम्य आपत्तिको विषय बनेको छ’, खनालको विज्ञप्तिमा भनिएको छ ।

उनले अगाडि भनेका छन्। ‘अविलम्ब यस्ता व्यक्तिहरूलाई कडा कारबाही गर्न, यस्ता दूषित तत्वहरूबाट हाम्रो जस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रुपमा स्थापित गर्न म पार्टी नेतृत्व पंक्ति समक्ष जोडदार माग गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार