देश अहिले जस्तो जटिल अवस्थामा कहिल्यै थिएन : प्रकाण्ड

२०८१ आश्विन १, मंगलवार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले नेपाल अहिले जतिको जटिल अवस्थामा कहिले भए नभएको बताएका छन् ।

नुवाकोटको विदुरमा आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री समेत रहेका विश्वकर्माले देशको स्वाधीनता संकटमा परेको टिप्पणी गरे । उनले यतिखेर सबैतिर निराशा, अविश्वास र संकटले मात्रै घेराबन्दी गरिरहेका कारण यसको निराकरण जरुरी रहेको बताए ।

प्रकाण्डले देशलाई निकास आवश्यक रहेको र आशामुखी अवस्थामा लैजान आवश्यक रहेको बताए । देशको भन्दा आफ्नो मात्र स्वार्थ हेर्ने प्रवृत्तिका कारण देश जटिल मोडमा आइपुगेको उनले दावी गरे । स्वार्थ केन्द्रित राजनीतिका कारण देशमा धेरै पक्षले गलत आँखा लगाइरहेको समेत उनले बताए ।

अनेक समस्याका कारण युवाहरू विदेशिनु, राजनीतिक स्वार्थ, देश हितको मुल मुद्दा बिर्सनु, अर्थतन्त्र खस्कनुले नेपाल पेचिलो परिस्थितिमा पुगेको उनले बताए । प्रकाण्डले नेपालको राष्ट्रिय स्वाधीनता आजको विश्वको ध्रुवीकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो समस्यामा रहेको बताएका छन् ।

उनले नेपाल सुन्दर र स्रोत साधनले पूर्ण रहेकाले सबैको आँखा नेपालमा रहेको बताएका छन् । उनले दलहरुको अविश्वासका कारण विश्वका विभिन्न कुदृष्टि नेपालमाथि परिरहेको बताए । प्रकाण्डले नेपालमा रहेको स्रोत साधनलाई कब्जा गर्ने होडबाजी चलिरहेको समेत आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार