दरबारमार्ग क्षेत्रमा सवारी प्रवेशमा रोक

२०८१ आश्विन २, बुधबार

काठमाडौँ : दरबारमार्ग क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ । असोज ३ गते संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिक स्तरबाट आयोजना हुने नेसनल डे कन्सर्टको स्टेज निर्माणको काम भइरहेकाले उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचनामार्फत जानकारी गराएको छ ।

केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जय नेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

सरकारले विभिन्न कार्यक्रमका साथ भो संविधान दिवस धूमधामले मनाउने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार