काठमाडौँ : साताको चौथो कारोबारको दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। बुधवार४ अङ्कले घटेर नेप्से परिसूचक आज २५७६.७६ अंकमा बन्द भएको छ ।
कारोबार पनि ५, अरब ६६ करोड ९१ लाख ९४ हजार ९६१ रुपैयाँमा सीमित भएको छ । बुधवार ३२० कम्पनीको कारोबार हुँदा ७४ कम्पनीले कमाएका छन् भने १६३ कम्पनीले गुमाएका छन् । त्यसै गरी ७ कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।