दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

२०८१ आश्विन ३, बिहीबार

बाँके : बाँकेमा दुईटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। थप तीन जना घाइते भएका छन्।

बुधबार अपराह्न साढे ४ बजे राप्तीसोनारी गाउँपालिकाको – ४ स्थित हुलाकी सडक खण्ड अन्तर्गत लालपुरमा चोकमा भे १ प ३९९५ र भे १२  ४८२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक यामबहादुर बुढाका अनुसार दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका – ४ का ३७ वर्षीय रामशरण थारु  र राप्ती सोनारी – ३ का १९ वर्षीय बसन्त थारु छन्। उनीहरूको उपचारका क्रममा नेपालगञ्जस्थित नर्सिङ होममा मृत्यु भएको हो । दुर्घटनामा परी  भे १२ प ३९९५ नम्बरको मोटरसाइकलको पछाडि सवार बर्दिया राजापुर – ४ घर भएर हाल राप्तीसोनारी – ४ धामपुरमा बस्दै आएका  ३१ वर्षीय अजय दहित घाइते गम्भीर घाइते छन् ।

उनको नेपालगन्ज उपचार जारी छ ।त्यस्त भे१२ प ४८२४ नम्बरको मोटरसाइकलमा सवार राप्तीसोनारी – ३ खैरेनीका  १६ वर्षीय संगित थारु र राप्ती सोनारी – ३  खैरेनीका २१ वर्षीय संजय थारुपनि घाइते छन् । उनीहरुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार