संसद भवन अगाडिबाट सात जना पक्राउ

२०८१ आश्विन ३, बिहीबार

काठमाडौं : नेपाल प्रहरीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट सात जनालाई पक्राउ गरेको छ ।

संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेकालाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

एसपी अधिकारीका अनुसार उनीहरू धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरू रहेको खुलेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार