
काठमाडौँ : भारतको हैदरावादस्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आईपीएस तालिममा सहभागी नेपाल प्रहरीका प्रहरी निरीक्षक सनम मल्ल पुरस्कृत भएका छन् । मल्ललाई ‘द बेस्ट जेन्टलमेन्ट्स प्रोबिसनर फर पीटी’ पुरस्कारद्वारा पुरस्कृत गरिएको हो ।
दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकालको समेत उपस्थिति रहेको थियो । सन् २०२३ नोभेम्बर १३ देखि सुरू भएको उक्त तालिममा नेपाल प्रहरीबाट
प्रहरी निरीक्षकहरु विजय थापा, सनम मल्ल, गोपालप्रसाद श्रेष्ठ, प्रभात लक्सम लिम्बु र झरना सोनार गरी ५ जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।