मेटमणिबारे धेरै गीत गाउन जरुरी छैन : माधव नेपाल

२०८१ आश्विन ४, शुक्रबार

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका उपमहासचिव मेटमणि चौधरीबारे ‘धेरै गीत नगाउन’ नेताहरूलाई सुझाव दिएका छन्।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीका चौधरीले लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालकै हो भन्ने मान्यता अघि सारिसकेपछि त्यसलाभई अझै गीतको विषय बनाउनुपर्ने आवश्यकता नरहेको बताए। पार्टीका सम्मानित नेता झनाथ खनालले एक अन्तर्वार्तामा लिपुलेकमाथि नेपालको दाबी नपुग्ने अभिव्यक्ति दिएको भन्दै चौधरीलाई पार्टीबाट निष्काशन गर्नुपर्ने धारणा राखेका थिए।

नेता खनाललाई जवाफ दिँदै अध्यक्ष नेपालले ‘सामाजिक सञ्जामा अबदेखि पार्टीकारिुद्ध जथाभावी नलेख्न’ पार्टीका नेता-कार्यकर्ताहरूलाई निर्देशन दिए। फरक प्रशंगमा नेपालले आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनीय रहेको बताए। उनले मनपरी ढंगले चल्ने र नेकपा (एकीकृत समाजवादी) लाई बेवास्ता गर्नेकुरा निन्दनिय र आलोच्य भएको टिप्पणी गरे।

उनले संविधानमा संशोधन गर्नुपर्ने भएपनि मध्यरातमा सम्झौता गर्नुपर्ने, दुई दलले मात्रै गर्नुपर्ने कुरा आवश्यक नरहेको बताए। नेपालले संशोधनको विषयहरु आएपछि आफूहरु छलफल गर्न तयार हुने पनि बताए। जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने र राम्रा कुरालाई समाप्त पार्नेगरी कुनैपनि संशोधन भए स्वीकार्य नहुने उनको भनाई थियो।

उनले भने, ‘अहिले संविधान संशोधनको बहस चलाउन खोजिएको छ। वास्तवमा संविधानमा संशोधन गर्नुपर्ने कुरा नभएका होइनन्। तर त्यसलाई मध्यरातमा सम्झौता गर्नुपर्ने, दुई दलले मात्रै गर्नुपर्ने कुनै आवश्यकता थिएन। त्यसबारेमा धेरै कुराहरु आइरहेका छन्। नियतमाथि प्रश्न खडा भएको छ।’

उनले थपे, ‘हामी सबै कुरामा छलफल गरेको चाहन्छौँ। हामीसँग राष्ट्रियताको सवालमा कसैले सहकार्य गर्न चाहनुहुन्छ भने, लोकतन्त्रको सवालमा, परिवर्तनको सवालमा सहकार्य गर्न चाहनुहुन्छ। एकतावद्ध भइ हातेमालो गर्न तयार छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार