समानुपातिक प्रणाली हटाउने विषयमा अहिले छलफलै हुँदैन : सञ्चारमन्त्री गुरुङ

२०८१ आश्विन ५, शनिबार

लमजुङ : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको आवश्यकता अनुसार संविधान संशोधन हुने बताएका छन् । उनले संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणाली जस्ता संविधानका आधारभूत विशेषताहरूमा अहिले कुनै संशोधन नहुने बताए ।

शनिबार लमजुङको बेंसीसहरमा भएको एमालेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सञ्चारमन्त्री गुरुङले कांग्रेस–एमालेको यही सरकारले संविधान संशोधन गर्ने दाबी गरे ।

‘संविधान जारी भएपछि प्रत्येक १०/१० वर्षमा संविधानको पुनरावलोकन गर्न सक्ने संवैधानिक व्यवस्था छ । आवश्यकता अनुसार राष्ट्रिय सहमतिमा संविधानका केही बुँदाहरुमा संशोधन हुन्छ,’ उनले भने, ‘तर अहिले बाहिर चर्चा गरिएको जस्तो संविधानका मुलभूत विशेषताहरूमै परिवर्तन हुन लागेको होइन । त्यस्तो कसैले गर्न सक्दैन । खासगरी संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीका विषयमा अहिले छलफलै हुँदैन, यसलाई हटाउने कुरा त धेरै टाढाको हो ।’

उनले स्थायी सरकारका लागि संविधान संशोधन आवश्यक भएकाले त्यसका लागि केही फेरबदल आवश्यक रहेको सबैले महसुस गरेको बताए । उनले जिल्ला समन्वय समिति खारेज गर्न आवश्यक रहेको बताए । ‘कसैको अनुहार हेरेर यो समिति राखिनु हुँदैन । खर्च मात्रै बढाउने र संघीयताको विकासमा बाधक हुने संरचनाहरूलाई विस्तारै भूमिकाह

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार