अर्याललाई महालक्ष्मी साहित्य पुरस्कार

२०८१ आश्विन ५, शनिबार

मकवानपुर : महालक्ष्मी साहित्य पुरस्कार, २०८० मकवानपुरकी महाकाव्यकार मुना अर्याललाई प्रदान गरिएको छ । शनिबार एक कार्यक्रमका बिच अर्याललाई ५१ हजार रुपैयाँ राशि सहित उक्त सम्मान प्रदान गरिएको हो ।

मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंकको संयुक्त रूपमा प्रदान गरिने उक्त सम्मान यस पटक अर्याललाई प्रदान गरिएको हो । साहित्यमा सक्रिय रहेकी अर्यालको २ महाकाव्य प्रकाशित रहेको छ ।

कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्य रहेको थियो । सोही अवसरमा समाजसेवी ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापित केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० बाट हेटौँडा सन्देश दैनिकका सम्पादक माधवप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ ।

न्यौपानेलाई १० हजार रुपैयाँ राशि सहित उक्त पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा मकवानपुर श्री सम्मान २०८१ बाट बद्रीनाथ शर्मा अर्याललाई सम्मानित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार