मोटरसाइकल दुर्घटना हुँदा २ घाइते

२०८१ आश्विन ६, आईतवार

कञ्चनपुर : कञ्चनपुरमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई किशोर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका-४, गोबरैयामा म २ प ६७३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।दुर्घटनामा भीमदत्त नगरपालिका-४, गोबरैयाका १९ वर्षीय आशिष चन्द र सोही ठाउँका १८ वर्षीय पवन चन्द घाइते भएका छन्। तीमध्ये मोटरसाइकल चालक आशिषको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि अचेत अवस्थामा उद्धार गरिएका उनको टाउकोमा चोट छ।

मोटरसाइकलमा सवार अर्का घाइते पवनको अवस्थामा मध्यम छ। उनको पनि टाउको र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ। महेन्द्रनगर बजार-मझगाउँ सडकखण्डमा गुँडिरहेको मोटरसाइकल शनिबार राति १० बजेतिर अनियन्त्रित भएर सडक छेउकै नालीमा बजारिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार