विश्वकप लिग–२ : नेपालले आज क्यानडासँग खेल्दै

२०८१ आश्विन ६, आईतवार

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ ।

नेपाल र क्यानडाबीचको खेल किंग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । जारी सिरिजको पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ओमानसँग १ विकेटले हारेको थियो । यो सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले असोज ८ गते ओमानसँग खेल्नेछ ।

सन् २०२७ को विश्वकप छनोटको रूपमा रहेको लिग–२ मा ८ टोली सहभागी छन् । ६ खेलबाट २ अंक जोडेको नेपाल अंक तालिकाको सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार