
कैलाली : कैलालीको धनगढी विमानस्थलमा ढलेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ गोदावरी नगरपालिका–२ का ५० वर्षीय शेरबहादुर बोहराको ढलेर मृत्युु भएको हो। धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा उनी ढलका थिए। ढलेर बेहोस भएका बोहरालाई माया मेट्रो अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहराले बताए।
मृत्युको कारण खुलेको छैन। हृदयघातको आशंका गरिएको छ।