उच्च अदालतका एक न्यायाधीश सरुवा

२०८१ आश्विन ६, आईतवार

काठमाडौँ : न्याय परिषद्ले उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपानेलाई उच्च अदालत विराटनगरको इलाम इजलासमा सरुवा गरेको छ ।

न्याय परिषद्को आइतबार बसेको बैठकले उनको सरुवा सिफारिस गरेको हो । बैठकले राजश्व न्यायाधिकरण विराटनगरको अध्यक्षमा धुव्रराज नन्दलाई तोक्ने निर्णय गरेको छ । सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि बसेको परिषद्को बैठकले सरुवा मात्र गर्ने निर्णय गरेको हो ।

हाल सर्वोच्चमा ६ जना र उच्च अदालतमा १६ जना न्यायाधीश रिक्त रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार