बारामा करेन्ट लगाएर मारेको अवस्थामा हात्ती फेला

२०८१ आश्विन ७, सोमबार

बारा : बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको छ। कोल्हबी नगरपालिका– २ भलुयाहीखोरमा करिब १५ वर्षको जङ्गली हात्ती मृतावस्थामा फेला परेको कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले जानकारी दिए।

स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मृत फेला परेको हो। हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको अवस्थामा फेला परेको उनले बताए। जङ्गलमा करेन्ट के उद्देश्यले, कसले, किन लगाएको हो भन्ने कुरा अनुसन्धान भइरहेको र चाँडै विद्युतीय धराप थाप्ने व्यक्तिलाई पक्राउ गर्ने सबडिभिजन वन कार्यालयले जनाएको छ।

यसअघि विसं २०८० फागुनमासमेत सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ मृतावस्थामा फेला परेको थियो। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार