नेप्सेमा ५९ अंकको गिरावट

२०८१ आश्विन ७, सोमबार

काठमाडौँ : सेयर कारोबार मापक नेप्से ५९.०२ अंकले घटेर २ हजार ५ सय २९.३३ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो २.२८ प्रतिशतले घटेको हो । आइतबार करिब साढे ११ अंकले बढेको नेप्से सोमबार उच्च अंकले ओरालो लागेको हो ।

सो दिनका कारोबारमा आएकामध्ये १४ कम्पनीको सेयर मूल्य बढ्दा २२९ वटा कम्पनीको घटेको छ । बाँकी एउटा कम्पनीको सेयर मूल्य स्थिर छ । सोमबार ७७ हजार १ सय ५३ वटा कारोबार हुँदा १ करोड ३५ लाख ३५ हजार ९ सय ३ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको हो ।

उक्त दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा भारी गिरावट आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार