कर्णाली प्रदेशका डीआईजी चन्द हेडक्वाटर तानिए

२०८१ आश्विन ७, सोमबार

काठमाडौं : कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीआईजी अर्जुन चन्द ठकुरी हेडक्वाटर तानिएका छन् ।

मदिरा पिएर प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा हेडक्वाटर तानेर उनको ठाउँमा नयाँ डीआईजी पठाइएको छ । निमित्त आईजी टेकप्रसाद राईका अनुसार आइतबारको मन्त्रीस्तरीय निर्णयबाट डीआईजी ठकुरीलाई हेडक्वाटरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । उनको ठाउँमा अर्का डीआईजी जनक भट्टराईलाई पठाइएको राईले बताए ।

यसअघि २६ भदौमा रकम लेनदनमा मुछिएको आरोपमा मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलको पनि सरुवा गरिएको थियो । उनलाई हेडक्वाटरस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको थियो । उनको ठाउँमा अर्का डीआईजी लालमणि आचार्यलाई पठाइएको थियो । नेपाल प्रहरी शिक्षालय भरतपुरमा डीआईजी राजेशनाथ बास्तोलालाई पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार