करणको ‘काँडा भएनि’मा मलिकाको अभिनय

२०८१ आश्विन ८, मंगलवार

काठमाडौँ : ‘द भ्वाईस अफ नेपाल सिजन ४’ विजेता गायक करण राई र गायिका नितु पुनको स्वर रहेको गीत ‘काँडा भए नि’ सार्वजनिक भएको छ । गीतमा थुग्तेन डुक्पाको शब्द र डम्बर नेपालीको सङ्गीत छ ।

गीतको भिडियोमा अभिनेत्री मलिका महतको अभिनय छ । अभिनयमा महतलाई गायक करणले नै सघाएका छन् । प्रेमी–प्रेमीकाको एक मिलनको संयोगमा तयार भएको भिडियोमा करण र मलिकाको डान्स पनि देख्न सकिन्छ ।

विक्रम चौहानको निर्देशन, कोरियोग्राफी रहेको भिडियोमा प्रकाश खड्काको छायाङ्कन र मिलन विश्वकर्मा सम्पादन छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार