पूर्वडीआईजी छविलाल जोशीको बयान सुरु

२०८१ आश्विन ८, मंगलवार

काठमाडौँ : सहकारी ठगीको आरोपमा पक्राउ परेको पूर्वडीआईजी छविलाल जोशीको बयान सुरु भएको छ। जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा लगेर जोशीको बयान लिइरहेको कास्कीका प्रहरी प्रहरी प्रमुख एसपी मोहन थापाले बताए।

जोशीलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले पहिलो पटक ५ दिनको म्याद दिएको छ। जोशीलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि अनुसन्धान अगाडी बढाइएको छ। उनलाई आइतबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेर कास्की लगिएको थियो।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारी ठगीको आरोपमा गत वर्ष माघमा पुरक जाहेरी परेको थियो। जाहेरी परेको ८ महिनापछि जोशी पक्राउ परेका हुन्। जोशीसहित पूर्व गृहमन्त्री रवि लामिछानेलाई पनि कारबाहीको दायरामा ल्याउन सहकारी छानविन समितिले सिफारिस गरेको छ। समितिको सिफारिस कार्यन्वयन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।

संसदीय छानबिन समितिको प्रतिवेदन कार्यन्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएकै दिन जोशीलाई पक्राउ गरेको हो। जोशी पक्राउ परे लगतै अर्का आरोपि रबि लामिछानेले पनि आफू पक्राउ पर्ने डरले पार्टी कार्यालयमा कार्यकर्ता जम्मा पारेर रातभर बसेका थिए। तर प्रहरीले उनलाई भने पक्राउ गरेको छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार