रेशम दम्पती मिलेपछि बाेलाइयाे नाउपाको बैठक

२०८१ आश्विन ८, मंगलवार

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ । संरक्षक रेशमलाल चाैधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले यही १८ र १९ असोजमा काठमाडाैंमा बस्नेगरी संयुक्त रूपमा बैठक बोलाएका हुन् । बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थित हुन पत्राचार गरिएको छ । रेशम र रञ्जिता दुवैले हस्ताक्षर गरी पठाइएको पत्रमा पार्टी एकढिक्का रहेको सन्देश दिन बैठक डाकिएको उल्लेख छ ।

‘हाम्रो नागरिक उन्मुक्ति पार्टीभित्र उत्पन्न आन्तरिक विवादका कारण केही समयसम्म स्थगित भएका बैठकहरू पुनः आपसी मतभेदलाई मत्थर पारी हामी एक हौँ र एक रहनेछौँ भन्ने सन्देश सबैमाँझ छर्दै हाम्रो पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्य, पदाधिकारीहरूको बैठक पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित अध्यक्ष र निर्वाचन आयोगद्वारा वैधानिकता प्राप्त अध्यक्षताको सहमतिमा यही असोज १८ र १९ गते काठमाडाैं‌मा बस्ने हुँदा अनिवार्य उपस्थितिको लागि यो पत्र प्रेशित गरिएको छ’, पत्रमा भनिएको छ ।

केन्द्र र प्रदेशका सरकारमा सहभागी हुने विषयलाई लिएर रेशम र रञ्जिता (श्रीमान्/श्रीमती) बीच विवाद बढ्दै जाँदा नाउपा विभाजनको डिलमा पुगेको थियो । दुवैबीच पटक–पटक सहमति भएका विवरणहरू सार्वजनिक भए पनि त्यसको पालना हुन सकेको थिएन । आपसी विवादकै कारण नाउपाले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउने सम्भावनालाई खेर फालेको थियो ।

७ भदाै २०७२ मा टीकापुरमा भएको हिं‌सामा एक नाबालकसहित सात प्रहरीको हत्या भएको थियाे । घटनाका मुख्य दाेषी भएको ठहर गर्दै अदालतले रेशमलाई जन्मकैदको सजाय सुनाएको थियो । तर उनी अहिले राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त छन् ।

रे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार