जीबी–रविको संगतले गर्दा म डुबें : छविलाल जोशी

२०८१ आश्विन ८, मंगलवार

कास्की : सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी तीन दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

कास्की प्रहरीको हिरासतमा रहेका छविलाल बेला बेलामा रुँदै बर्बराउँछन् । ‘जीबी र रविसँग लाग्दा फसें’ भन्दै उनी हिरासतमै बर्बराउने गरेको कास्की प्रहरीका एक प्रहरी अधिकृतले बताए । उनले बयानमै पनि सबै काम जीबी र रविले गरेको भन्दै आफ्नो कुनै गल्ती नभएको बताएका छन् । ‘भाइ मेरो कुनै गल्ती छैन, सबै काम जीबी र रविको हो । मिडिया खोल्ने विषयमा म त्यति जानकार पनि थिइँन,‘जीबी र रविलाई समातेपछि धेरै कुराको पर्दाफास हुन्छ ।’

काठमाडौंमा पक्राउ गर्न आएका प्रहरीलाई उनले ‘पैसा खर्च गर्ने हर्ताकर्ता रवि र जीबी’ भएकोले पहिला उनीहरूलाई समात्नु पर्ने बताएका थिए । प्रहरी हिरासतमा पनि उनले जीबी र रविजस्ता खराब व्यक्तिको संगतले आफू डुबेको बताउने गरेका छन् ।

‘जीवनभर राज्यको सेवा गरेर अवकाश भएपछि पनि चयनले बस्न पाइनँ, जीबी–रविको संगतले गर्दा म डुबें’ उनले प्रहरीसँग गुनासो गरिरहन्छन् ।कास्की प्रहरीले सहकारी ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार