काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ।
अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १९ पैसा छ। यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २८ पैसा कायम भएको छ। पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ। कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६३ पैसा कायम भएको छ। बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ३९ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ९९ पैसा कायम भएको छ।





