काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पुत्री गंगा दाहालले रविन्द्र मिश्रले आफ्नो स्वार्थ अनुकुल कुरा बङ्ग्याएको भन्दै खण्डन गरेकी छिन्।
मङ्गलवार बिहान खुमलटार भएको मिश्र र दहालबीचको भेटपछि मिश्रले सामाजिक सञ्जालमा पोस्ट्याउँदै भेटमा दाहालले भनेका कुराहरू पनि उल्लेख गरेका थिए। जसमा ‘पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गज्जबका ’भिजनरी’ राजा रहेछन्।, द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।, राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो’ लगायत ७ बुँदा थिए।
मिश्रको तीनै बुँदाप्रति दाहालको नीजि सचिवालय समेत हेर्दै आएकी गंगाले दाहालको विचार भनेर मिश्र जीले समय सन्दर्भबाट कटाएर आफ्नो राजनैतिक स्वार्थ अनुकुल प्रस्तुत गर्नु राजनैतिक संस्कार नभएको बताएकी छिन्।






