बढ्यो सुनको मूल्य, फेरी बनायो नयाँ रेकर्ड

२०८१ आश्विन ९, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले बढेर १ लाख ६० हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १९ सय १५ रुपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले बढेर १९ सय ५५ रूपैयाँ कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार