कपिलवस्तु : कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ का वडाध्यक्ष तिलकराम यादवको निधन भएको छ ।
ब्रेन ट्युमरका कारण भारतको दिल्ली स्थिति एपोलो अस्पतालमा उपचाररत यादवको मंगलबार साँझ निधन भएको हो । ६८ वर्षीय यादव नेपाली कांग्रेसबाट २०७४ र २०७९ मा वडा अध्यक्ष निर्वाचित भएका थिए । यादवको निधनमा गाउँपालिकाले आज बिदा दिएको गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले जानकारी दिए।





