‘एमआरपी’ भन्दा बढी मूल्यमा सामान बिक्री नगर्न खुद्रा तथा थोक पसलेलाई महानगरको निर्देशन

२०८१ आश्विन ९, बुधबार

काठमाडौँ : काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक पसलेलाई अंकित अधिकतम मूल्य अर्थात एमआरपीभन्दा बढीमा कुनै पनि सामग्री बिक्री तथा वितरण नगर्न निर्देशन दिएको छ । महानगरले बुधबार सूचना जारी गर्दै खुद्रा तथा थोक पसलेलाई उक्त निर्देशन दिएको हो ।

महानगरद्वारा जारी निर्देशनमा सबैले देख्ने गरि पसलको अगाडी भागमा मूल्य सूची बनाएर राख्नुपर्ने, उपभोग गर्ने अवधि (नन् एक्सपाइरी डेट) बाँकी भएको मालसामान माक्र बित्री/वितरण गर्नुपर्ने, खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्नुपर्ने उल्लेख छ ।

यदि महानगरको अनुगमनका क्रममा उक्त निर्देशन काम गरिएको पाइएमा, उजुरी वा गुनासो प्राप्त भएमा प्रचलित कानुनअनुसार कारबाही गरिने समेत उक्त सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार