मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु

२०८१ आश्विन ९, बुधबार

विराटनगर : कोशी प्रदेशसभा सदस्य ललिताकुमारी चौधरीका छोरा १८ वर्षीय अक्षत माझीले चलाएको मोटरसाइकलको ठक्करको ठक्करबाट १ जना युवकको मृत्यु भएको छ।

दुर्घटनामा परेर घाइते भएका झापाको चारआली घर भइ मोरङको बूढीगंगा गाउँपालिका-१ मा बस्दै आएका २४ वर्षीय आकाश मण्डलको बुधबार बिहान मृत्यु भएको हो। मोरङको ग्रामथान गाउँपालिका-४ घर भएका अक्षतले हाँकेको प्रदेश १-०२-०४४ प ८४४ नम्बरको मोटरसाइकलले ४ दिनअघि पैदलयात्रामा रहेका आकाशलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो। नेमुवाबाट तीव्र गतिमा विराटनगरतर्फ हुइँकिएको मोटरसाइकलले कोशी राजमार्गअन्तर्गत बूढीगंगा-१ स्थित हिमगिरी साबुन फ्याक्ट्रीअगाडि भदौ ५ गते शनिबार साँझ ७:१० बजेतिर आकाशलाई ठक्कर दिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार