बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा खाएको आरोप लागेकी इन्स्पेक्टर शाहीलाई निलम्बनको सिफारिस

२०८१ आश्विन १०, बिहीबार

काठमाडौं : आर्थिक अनियमितताको आरोप लागेकी भैसेपाटीकी इन्स्पेक्टर विनुकुमारी शाहीलाई निलम्बनका लागि सिफारिस गरिएको छ ।ललितपुर प्रहरी परिसरले शाहीलाई निलम्बन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई सिफारिस गरेको हो ।

जिल्ला प्रहरी प्रमुख शेखर खनालले प्रारम्भिक अनुसन्धानमा अनियमितता भएको केही आधार देखिएकाले शाहीलाई निलम्बन गर्न सिफारिस गरिएको बताए ।

शाहीमाथि बलात्कार मुद्दामा फसाइ दिने भन्दै ३० लाख रूपैयाँ लिएको आरोप छ। उनलाई जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय तानिएको छ । जिल्ला प्रहरी कार्यालयले डीएसपीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

ताजा समाचार