लैनचौरमा दुई स्कुटर ठोक्किंदा १ जनाको मृत्यु

२०८१ आश्विन १०, बिहीबार

काठमाडौं : काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ ।

लैनचौरस्थित सडकमा बा ७९ प ५४७८ नम्बरको स्कुटर र बा प्र-०२-०३६ प ७४४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएका थिए । बुधबार राति दुर्घटना हुँदा बा प्र-०२-०३६ प ७४४९ नम्बरको स्कुटर चालक दोलखा मेलुङ गाउँपालिका-५ घर भएका २१ वर्षीय रूपेश केसीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । अर्का स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार