एनएमबि बैंकद्वारा ‘एनएमबि नेक्स्ट जेन बैंकिङ लिडर्स’ स्कलरसिपको घोषणा

२०८१ आश्विन १०, बिहीबार

काठमाडौं : एनएमबि बैंकले भविष्यका बैंकिङ क्षेत्रका लिडरहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले एनएमबि नेक्स्ट जेन बैंकिङ लिडर्स स्कलरसिपको घोषणा गरेको छ ।

बैंकले काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सात जना विद्यार्थीहरुलाई यो छात्रवृत्ति प्रदान गरेको छ । विद्यार्थीहरुमा अग्रीमरुपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास एनएमबि बैंकले लिएको छ । यस छात्रवृत्तिको मुल उद्देश्य प्रतिभावान विद्यार्थीहरुमा लगानी गरी बैंकिंङ क्षेत्रको भविष्य सुनिश्चित गर्नु हो ।

विद्यार्थीहरुलाई बैंकिङ क्षेत्रमा आवश्यक पर्ने शीप तथा ज्ञान प्रदान गर्दै भावि दक्ष बैंकरहरु उत्पादन गरी बैंकिङ क्षेत्रको विकासमा टेवा पु¥याउने लक्ष्य एनएमबि बैंकले लिएको छ ।

दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ को उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हाल सम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधी प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार