गुडिरहेको कार पहिरोले पुरियो, ४ जनाको उद्धार

२०८१ आश्विन १०, बिहीबार

धादिङ : धादिङको गल्छी गाउँपालिका वडा नम्बर–४ स्थित चिरौदीमा गुडिरहेको कार पहिरोले पुरेको छ ।

कारमा सवार चालकसहित चार जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले हाम्रोदेशलाई बताए । पृथ्वी राजमार्ग अन्तर्गत चिरौदिमा ग.२च ७८८५ नम्बरको गुडिरहेको कार सुख्खा पहिरो खसेर पुरिएको हो ।

कारमा सवार काठमाडौँका चन्द्रागिरि बस्दै आएका धर्म महर्जन, जयकृष्ण श्रेष्ठ र ५८ वर्षीय करण प्रकाश शाहीको बैरेनी अस्पतालमा उपचार हुँदैछ । कार चालकको अवस्था सामान्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार