ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै

२०८१ आश्विन ११, शुक्रबार
ललितपुर :  पितृतर्पण एवं श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा  परिचित ललितपुर महानगरपालिका–५ मा अवस्थित प्राचीन तपुपोखरीको जीर्णोद्धार प्रारम्भ भएको छ ।
सोह्रौँ शताब्दीमा निर्माण भएको ठानिएको पोखरी कुैन समय १९ रोपनीमा फैलिएकामा हाल एक रोपनीमा सीमित भएको जीर्णोद्वार तथा उपभोक्ता समितिका अध्यक्ष केशव खड्काले राससलाई बताए  ।
तपुपोखरी संरक्षण र व्यवस्थित गर्न  बजेट अभाव भएको बताउँदै उनिले  जीर्णोद्धारका लागि ललितपुर महानगरपालिकाले रु २४ लाख प्रदान गरेको जानकारी दिए  । उक्त रकम पर्याप्त नभएको उनिले बताए  ।
केही वर्षअघि टीकाभैरवबाट बग्ने राजकुलोको पानीले भरिने तपुपोखरी, राजकुलो सुकेपछि अहिले अकासे पानीले भरिने गर्छ । पिण्ड विसजर्नका लागि पानी आवश्यक पर्ने भएकाले कुमारी क्लब उभोक्ता समितिले पानीको व्यवस्था गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार